आदिवासी जनजाति युवा महासघं नेपाल सम्पुर्ण अदिवासी जनजाति युवाहरुको साझा, स्वतन्त्र, गौरवशाली तथा अधिकारमुखि सामाजिक सस्था हो । आदिवासी जनजाति अग्रज युवाहरुको २०६७ सालमा जिल्ला प्रसासन कार्यालय काठमाण्डौमा दर्ता गरिएको हो । आदिवावसी जनजाति युवा महासंघले स्थापना देखिनै अदिवासीको पहिचान, भाषा, सस्कृति, भुमि, मुल्यमान्यता, परम्परागत संगठन, पेषाको पुस्ता हस्तान्तरणको विषयमा काम गर्द अहिरहेकोछ । आदिवासी जनजातिका सवाल, हक अधिकार र पहिचानको मुद्धाहरुलाई जोड्दै आफ्ना कार्यनितिक योजना सहित यो संगठन देशव्यापी रुपमा सञ्चालन विस्तार भएको छ । देशव्यापी मात्र नभएर अन्तराष्ट्रिय रुपमा पनि संस्थाको सञ्जाल विस्तार गर्दै अघि बढिरहको छ । हाल यस महासंघमा संम्पुर्ण आदिवासी जनजाति युवा संस्थाहरु आवद्ध रहनुको साथै प्रदेश, जिल्ला र स्थानिय तह सम्म संगठन विस्तार गरि रहेकोछ । अदिवासी जनजाति युवा महासंघले आदिवासी जनजाति युवाहरुको नेत्रित्व विकास, अदिवासीको सस्कृति आदान प्रदान, परम्परागत ज्ञानशिप पुस्ताहस्तान्तरण, कानुनी सशक्ति करण, जलवायुन्याय, भुमी संरक्षण लगायतका कार्यक्रम कार्यशाला, अन्तरक्रिया, भेला सभा सम्मेलन र तालिमहरु संचालन गर्दै आहिरहेको छ । यो संस्था अधिकार मुखि सामाजिक संस्था भएकोले अदिवासी जनजाति र युवाहरुको मुद्धा र अधिकारको लागि सधै क्रियाशिल रहेको छ ।