Loading ...

Nepal Flag
स्वायत्तता, समानता र अधिकारका लागि युवा एकता

आदिवासी जनजाति युवा महासंघ, नेपाल

Youth Federation of Indigenous Nationalities, Nepal

Party Flag
आदिवासी जनजाति युवाहरूबीच एकता विकास गर्ने तथा आपसी भाइचारा र सौहार्दता मजबुत बनाउने। •
मेनु(YFINNEPAL)

संस्थागत परिचय

संस्थाको परिचय पृष्ठभुमी आदिवासी जनजाति युवा महासघं नेपाल सम्पुर्ण अदिवासी जनजाति युवाहरुको साझा, स्वतन्त्र,  गौरवशाली तथा अधिकारमुखि सामाजिक सस्था हो । आदिवासी जनजाति अग्रज युवाहरुको २०६७ सालमा  जिल्ला प्रसासन कार्यालय काठमाण्डौमा दर्ता गरिएको हो । आदिवावसी जनजाति युवा महासंघले स्थापना देखिनै अदिवासीको पहिचान, भाषा, सस्कृति, भुमि, मुल्यमान्यता, परम्परागत संगठन, पेषाको पुस्ता  हस्तान्तरणको विषयमा काम गर्द अहिरहेकोछ । आदिवासी जनजातिका सवाल, हक अधिकार र पहिचानको  मुद्धाहरुलाई जोड्दै आफ्ना कार्यनितिक योजना सहित यो संगठन देशव्यापी रुपमा सञ्चालन विस्तार भएको  छ । देशव्यापी मात्र नभएर अन्तराष्ट्रिय रुपमा पनि संस्थाको सञ्जाल विस्तार गर्दै अघि बढिरहको छ । हाल  यस महासंघमा संम्पुर्ण आदिवासी जनजाति युवा संस्थाहरु आवद्ध रहनुको साथै प्रदेश, जिल्ला र स्थानिय तह  सम्म संगठन विस्तार गरि रहेकोछ । अदिवासी जनजाति युवा महासंघले आदिवासी जनजाति युवाहरुको  नेत्रित्व विकास, अदिवासीको सस्कृति आदान प्रदान, परम्परागत ज्ञानशिप पुस्ताहस्तान्तरण, कानुनी सशक्ति  करण, जलवायुन्याय, भुमी संरक्षण लगायतका कार्यक्रम कार्यशाला, अन्तरक्रिया, भेला सभा सम्मेलन र  तालिमहरु संचालन गर्दै आहिरहेको छ । यो संस्था अधिकार मुखि सामाजिक संस्था भएकोले अदिवासी  जनजाति र युवाहरुको मुद्धा र अधिकारको लागि सधै क्रियाशिल रहेको छ । समानुपातिक समावेसि व्यावस्थालाई थप प्रभावकारी वनाउदै संविधान र अन्तराष्ट्रिय कानुनहरुको पालना गर्दै  अधिकारको पैरवी गर्ने । सामाजिक न्याय, समानता र समतामुलक समाज निमार्णमा नेपाल सरकार देश तथा  विदेशका सामाजिक सस्थाहरु सग मिलि निरन्तर कार्य गर्दै आहिरहेकोछ र यसलाई थप प्रभावकारी गदै  लैजानेछ । यस संस्थाको मिति २०८२ वैशाख ६,७ र ८ गते ओखलढुङ्गामा सम्पन्न छैठौं संघिय महाधिवेशनले कार्यनीति सहित आगामि तीन वर्षको लागि नयाँ नेतृत्व चयन गरेकोछ ।

संस्थाको उद्देश्यहरुःयस संस्थाको उद्देश्य देहाय वमोजिम रहेकोछ ः– 

१. बेरोजगार आदिवासी जनजाति युवाहरुलाई रोजगार, स्वरोजगारको वैकल्पिक व्यवस्थापन गरी उनीहरुको शैक्षिक,  मानसिक, आर्थिक, भौतिक र शारिरीक विकासको लागि क्रियाशील रहनेछ । 

२. अत्यन्त दुर्गम र पिछडिएका आदिवासी जनजाति बस्तीहरुको पहिचान गरि लोप हुन लागेका आदिवासी  जनजातिहरुको भाषा, लिपी, संस्कार, संस्कृती लगायत त्यस क्षेत्रको समग्र विकास गरी उनिहरुलाई अन्य  जातीसरह ल्याउन प्रयास गर्ने । 

३. आदिवासी जनजाति युवाको हक अधिकारको विषयमा शिक्षित बनाई सामाजिक न्याय अनुभोति गराउने ।  ४. विभिन्न जाति, भाषा, धर्म, पेशा, लिङ्ग, रङ्ग र क्षेत्रियताको आधारमा गरिने सम्पूर्ण भेदभाव असमानता र जातीय  विभेद एवं छुवाछुतको समस्या अन्त्यका लागी प्रयास गर्ने र समानताको पक्षमा वकालत गर्ने ।  ५ राष्ट्रियता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, मानवअधिकार र सारभूत एवं समावेशी लोकतन्त्रको पक्षमा सम्पूर्ण  आदिवासी जनजाति युवाहरुलाई सचेत र संगठित गर्ने । 

६. नेपालका आदिवासी जनजाति युवाहरुको बेरोजगारी र पछौटेपनको समाधानका लागी उनीहरुको वास्तविक अवस्था  र समस्याहरुको गहन अध्ययन गरी विविध तथ्याङ्कहरु एवं अभिलेख राखी युवा सम्बन्धी नीति निर्माण तय गर्ने ।

७. आदिवासी जनजाति युवाहरुलाई विभिन्न प्रकारका कुलत र दुव्र्यसनहरुबाट मुक्त गराई, नैतिक र चरित्रवान बनाई रचनात्मक काममा लाग्न अभिप्रेरित गर्ने गराउने । 

८. नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको विशेषता बोकेका अनुसूचि बमोजिमका तथा सुचिउन्मुख  आदिवासी जनजातिहरुको इतिहास, भाषा, धर्म, संस्कृति, भेषभूषा, सामाजिक रहनसहन तथा मूल्यमान्यता र  ऐतिहासिक स्थल जस्ता पुरातात्विक महत्वका वस्तुहरु अध्ययन अनुसन्धान गरि संरक्षण र सम्वद्र्धन तथा राष्ट्रिय  तथा राष्ट्रिय पहिचानको लागि पहल गर्ने । 

९. बेरोजगार आदिवासी जनजाति युवाहरुलाई संविधानमा नै पूर्ण समानुपातिक समावेशीता रुपमा समावेश रोजगारीको  व्यवस्था गर्न राज्यसँग माग गर्ने । 

सम्पूर्ण आदिवासी जनजातिहरुबीच भातृत्व, सद्भावना तथा समझदारी कायम गरी साझा समस्या समाधान र  मानवअधिकार प्राप्तिको लागि एउटै छातामुनि बसी साझा भावनाको विकास गर्ने । 

१०. संगठित नभएका आदिवासी जनजातिहरुलाई संगठित गरि उनीहरुको जातीय संघसंस्था, तथा भातृ संगठनमा  समाहित गर्न प्रयास गर्ने र जातिगत युवा संगठनहरुलाई एकिकृत गरि आदिवासी जनजाति समुदायका हक अधिकारको लागि आवश्यक कार्यहरु गर्ने गराउने । 

११. देशभित्र र बाहिर रहेका समान उद्देश्य र भावना भएका भाइचारा संघ संगठनहरु तथा विदेशिएका आदिवासी  जनजाति युवाहरुसँग सम्पर्क र समन्वय कायम गर्ने । 

१२. अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १६९ र आदिवासी जनजातिहरुको मानवअधिकारसम्बन्धी संयुक्त  राष्ट्रसंघीय घोषणापत्र–२००७ कार्यान्वयनको लागि समन्वयकारी भूमिका निर्वाह गर्ने । 

१३. जलवायु परिवर्तनका कारण जैविक विविधता र आदिवासी जनजातिमा पर्ने असरको सम्बन्धमा अध्ययन,  अनुसन्धान, सभा, सम्मेलन, अन्तरक्रिया गर्ने र प्रतिवदेन तथा लेख रचनाहरु प्रकाशित गर्ने ।

१४. सुचिकरणका लागि छुटेका आदिवासी जनजातिहरुको पहिचान गर्दै सूचिकरणको लागि नेपाल सरकार लगायत  सम्बन्धित निकायमा पहल गर्ने ।

१५. आदिवासी जनजाति युवाहरुलाई वातावरणीय संरक्षण र जलवायू परिवर्तन लगायत युवाहरुको क्षमता विकासको  विषयहरुमा समुदायमा पैरवी गर्ने । 

१६. देशमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आदिवासी जनजातीय युवालाई जनसंख्याको आधारमा  समानुपातिक सहभागिता र कम्तिमा संघीय संसद, प्रतिनिधी सभा र प्रदेश सभाहरुमा एक एक प्रतिनिधी  समावेशीताको सुनिश्चिता गराउन पहल जारी राख्ने । 

१७. आदिवासी जनजाति अधिकार सम्बन्धी गरिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धि संझौताहरुको अनुमोदन र  कार्यान्वयन गर्न गराउन पहल गर्ने ।