आदिवासी जनजाति युवा महासंघ, नेपाल
Youth Federation of Indigenous Nationalities (YFIN Nepal)
आदिवासी जनजाति युवा महासंघ नेपाल छैठौ संघिय महाधिवेशनको हार्दिक अपिल
आदिवासी जनजाति युवा महासंघ नेपाल सम्पुर्ण आदिवासी जनजाति युवाहरुको साझा, स्वतन्त्र, गौरवशाली तथा अधिकार मुखि सामाजिक संगठन हो । यस युवा महासंघले आदिवासी जनजातिको हकअधिकार, न्याय, समानता, समावेशीता, सहभागिता र आदिवासी पहिचान सहितको समतामुलक व्यवस्थाको लागि निरन्तर संघर्ष गरि रहेको गौरवमय इतिहास रहेकोछ । यस गौरवमय इतिहासलाई थप उचाइमा पुर्याउन परिवर्तनका संवाहक युवाहरु सिर्जनात्मक, रचनात्मक, कर्मठ र जुझारु छन भने निश्चिय नै समग्र समाज र राष्ट्रको भविष्य उज्वल हुने कुरा निश्चित हुन्छ भन्ने यथार्ततालाई आत्मसाथ गर्दै आदिवासी जनजातिको पहिचान, हक, अधिकार, संघियता, समानुपातिक सहभागिता, समावेशी व्यवस्थाको लागि सम्पुण आदिवासी जनजाति युवाहरु एक हुन आवहान गर्दैै, आदिवासी जनजाति युवा महासंघको छैठौ संघिय महाधिवेशन “पहिचान, अधिकार सहितको समृद्धी र रोजगारीको लागि हाम्रो अभियान, न्याय, समानता, समावेसी, युवा नेतृत्वको लागि छैठौ संघिय महाधिवेशन” भन्ने मुलनाराका साथ देशैभरीका युवा प्रतिनिधिहरुको सहभागितामा ऐतिहासिक छैठौ संघिय महाधिवेशन आदिवासी पहिचान सहितको झाकी, र्याली, भेषभुसा सहित विशाल जनसहभागितामा मिति २०८२ बैशाख ६ र ७ गते प्रदेश नं. १ को ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिकामा भव्य रुपमा हुन गई रहेको जानकारी गराउदछौ ।
यस छैठौ संघिय महाधिवेशनको महत्वपुर्ण ऐतिहासिक अवसरमा सम्पुर्ण आदिवासी जनजाति युवाहरुलाई आदिवासी जनजाति युवा महासंघमा संगठित हुन अनुरोध गर्दछौ । आदिवासी जनजाति आन्दोलनलाई उचाईमा पुर्याउने यो महात्वपुर्ण अवसर हो । नेपालको आदिवासी आन्दोलनलाई उच्चाइमा लैजान नीति, योजना, विचार र सुझाव दिनु हुने अग्रज व्यक्तित्व, सहकर्मी युवा साथीहरुलाई आ–आफ्नो ठाउँवाट संगठित हुन, सामाजिक, सास्कृतिक, वैचारीक, भौतिक र आर्थिक सहयोगका साथ साथै समर्थनको लागि हार्दिक हार्दिक अपिल गर्दछौ ।
समउद्घाटनः
मिति : २०८२ बैशाख ६ गते
समय: दिनको ११ः३० वजे
स्थान: सिद्धिचरण नगरपालिका – ११ ओखलढुङ्गा, जिल्ला समन्वय समितिको सभाहल
आदिवासी जनजाति युवा महासंघ, नेपाल
छैठौ संघिय महाधिवेशन आयोजक समिति

